अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदीय समितिको बैठकमा मन्त्री अनिवार्य उपस्थिति हुनुपर्ने एमाले सांसद पन्तको माग

संसदीय समितिको बैठकमा मन्त्री अनिवार्य उपस्थिति हुनुपर्ने एमाले सांसद पन्तको माग


काठमाडौं- नेकपा एमालेका सांसद रघुजी पन्तले संसदीय समितिलाई मन्त्रीले वेवास्ता गरेको भन्दै आक्रोश पोख्नुभएको छ।

शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै नेता पन्तले विधेयकमाथि छलफल हुँदा मन्त्री अनिवार्य उपस्थित हुनुपर्ने माग गर्नुभयो।

मन्त्रीको अनुपस्थितिमा बैठक सञ्चालन गर्नु नहुने अडान उहाँले राखेपछि रास्वपा सांसद सुमना  श्रेष्ठले पनि समर्थन गर्नुभएको थियो।

बैठकमा अभिलेख संरक्षण ऐन,२०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफलको कार्यसूचि रहेको थियो।

सांसदहरुले मन्त्रीको अनिवार्य उपस्थिति हुनुपर्ने अडान राखेपछि बैठक बस्न सकेन। त्यसपछि सभापति राजकिशोर यादवले बैठक स्थगित भएको जानकारी गराउनु भयो ।