अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय युवा संघ नेपाल अन्तर जिल्ला कमिटी झापाले दोस्रो अधिवेशन गर्दै

राष्ट्रिय युवा संघ नेपाल अन्तर जिल्ला कमिटी झापाले दोस्रो अधिवेशन गर्दै


काठमाडौं-नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपाल अन्तर जिल्ला कमिटी-झापाको दोस्रो अधिवशेन गर्ने भएको छ।

काठमाडौंको बत्तिसपुतलीस्थित काजिको किचेनमा २०८० माघ १३ गते शनिवार अधिवेशन हुने राष्ट्रिय युवा संघ नेपाल अन्तर जिल्ला कमिटी झापाका अध्यक्ष रोमन काफ्लेले जानकारी दिनुभयो।

नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष क्षितिज थेवेको प्रमुख आतिथ्यमा दोस्रो अधिवशेन गर्न लागेको अध्यक्ष काफ्लेले बताउनुभयो।

अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने अन्तर जिल्ला कमिटी झापाका अध्यक्ष काफ्लेले जानकारी दिनुभयो। उहाँले झापाबाट काठमाडौं आएर विभिन्न, पेशा व्यवसाय र शैक्षिक क्षेत्रमा आवद्ध युवा, विद्यार्थीहरुलाई अधिवेशन उपस्थित भइदिन हुनका लागि निम्ति आग्रह गर्नुभएको छ।