अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पार्टीले लगाएको काम नगर्ने माओवादीका ५० जना कोशी प्रदेश सदस्य जिल्ला समितीमा घटुवा

पार्टीले लगाएको काम नगर्ने माओवादीका ५० जना कोशी प्रदेश सदस्य जिल्ला समितीमा घटुवा


विराटनगर- नेकपा माओवादी केन्द्र ‘१ नं. प्रदेश समिति’ले पार्टीले खटाएको काममा नलागेका ५० जना प्रदेश सदस्यलाई जिल्ला समितिमा घटुवा गरेको छ।
यही माघ ११ र १२ गते विराटनगरमा सम्पन्न ‘१ नं. प्रदेश समिति’को बैठकले चारमहिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियानमा नखटिने ५० जना प्रदेश सदस्यलाई जिल्ला समितिमा घटुवा गर्ने निर्णय गरेको हो। बैठकले समितिको बैठकमा लगातार ३ पटकसम्म अनुपस्थित सदस्यहरूलाई तल्लो समितिमा घटुवा गर्ने निर्णय गरेको छ।
माओवादी केन्द्र ‘१ नं। प्रदेश समिति’को बैठकले गरेका १६ वटा निर्णयमध्ये पहिलो नम्बरमा भनिएको छ, ‘प्रदेश समितिको बैठकमा लगातार ३ पटकसम्म अनुपस्थित सदस्यहरूलाई तल्लो समितिमा घटुवा गर्ने।’

माओवादी केन्द्रको उक्त प्रदेश समितिको बैठकले गरेका १६ निर्णय यस्ता छन्–

१. प्रदेश समितिको बैठकमा लगातार ३ पटकसम्म अनुपस्थित सदस्यहरूलाई तल्लो समितिमा घटुवा गर्ने।

२. चारमहिने ुजनतासँग माओवादी विशेष रुपान्तरण अभियानुमा नखटिने ५० जना प्रदेश सदस्यहरूलाई जिल्ला समितिमा घटुवा गर्ने।

३. पार्टीमा नवप्रवेशीहरूको तहगत जिम्मेवारी सुनिश्चित गर्ने।

४. पार्टी छोडेकाहरूलाई कारबाही।