अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धन सरकारलाई समृद्ध नेपाल सुखी नेपाली मन पर्दैन: अध्यक्ष ओली

गठबन्धन सरकारलाई समृद्ध नेपाल सुखी नेपाली मन पर्दैन: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारलाई ‘समृद्ध नेपाल, सुखी नेपाली’ मन नपर्ने बताउनुभएको छ।

पार्टीको अर्थ तथा योजना विभागले १६औं पञ्चवर्षीय योजनाबारे छलफल गर्न आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्र र जनताको आवश्यकतामा निर्मित समृद्ध नेपाल सुखी नेपाली अहिलेको सरकारलाई मन नपर्ने विषय भएको बताउनुभयो।

समृद्ध नेपाल भन्ने शब्द अहिलेको सरकारले उच्चारण नै नगर्ने उहाँको भनाइ थियो । एमालेले देशको आवश्यकता अनुसार नीति बनाउने हुँदा ती सबै नीति राष्ट्रिय नीति हुने भन्दै अध्यक्ष ओलीले त्यस अनुसार एमाले चल्ने स्पष्ट पार्नुभयो। १६औं योजनालाई देशको हितमा बनाउनुपर्ने उहाँले बताउनुभयो ।

देशले बनाउने योजना राष्ट्रिय विकास र राष्ट्रिय आवश्यकताको दस्तावेज हुने भएको अनि त्यसले सबै क्षेत्रको उत्थानसँग सम्बन्ध राख्ने अध्यक्ष ओलीले बताउनुभयो ।

नेपालमा भने सरकार परिवर्तनसँगै योजना अलपत्र हुने नराम्रो परिपाटीको विकास भएको उहाँले बताउनुभयो । ५ वर्षका लागि योजनामा प्रस्तुत गरिएका भिजन, मिसन र पोलिसी सरकार परिवर्तन भए पनि फलो गर्नुपर्ने अध्यक्ष ओलीले बताउनुभयो ।