अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

न्याम्सअन्तर्गत वीर अस्पताल हुन हुँदैन : सचेतक बर्तौला

न्याम्सअन्तर्गत वीर अस्पताल हुन हुँदैन : सचेतक बर्तौला


काठमाडौँ– नेकपा (एमाले)का सचेतक महेशकुमार बर्तौलाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)अन्तर्गत वीर अस्पताल हुन नहुने बताउनुभएको छ ।

आज सिंहदरबारमा बसेको कानुन, न्याय तथा संसदीय मामिला समितिको बैठकमा उहाँले न्याम्सअन्तर्गत वीर अस्पताल हुने हो भने  सरकारको केन्द्रीय अस्पताल कुन हो भन्दै प्रश्न गर्नुभयो । अहिलेको विधेयक स्पष्ट ढंगले ल्याएको देखिएको उहाँले बताउनुभयो । सरकारले केन्द्रीय अस्पतालका रूपमा वीर अस्पताललाई अघि बढाउनुपर्छ भन्ने भावनासाथ विधेयक ल्याएको देखिने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “न्याम्स एउटा प्रतिष्ठान हो, उसले आफ्नो युनिभर्सिटी, आफ्नो कलेज बनाउनुपर्छ । बनाउन सक्दैन भने त्यति बेलासम्म उसले वीर अस्पतालसँग एमओयू गरेर चलाउन सक्छ । कोभिडको समयमा वीर अस्पतालले नेपाल सरकारलाई सहयोग गरेन ।”

सचेतक बर्तौलाले प्रतिष्ठानअन्तर्गत रहे सरकारले भनेका कुरा अस्पतालले नमान्ने स्थिति आउने विगतको अनुभव रहेको उल्लेख गर्नुभयो ।