अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देश बनाउन राष्ट्रिय आत्मविश्वासको आवश्यकता : अध्यक्ष ओली

देश बनाउन राष्ट्रिय आत्मविश्वासको आवश्यकता : अध्यक्ष ओली


काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बनाउन राष्ट्रिय आत्मविश्वासको आवश्यकता रहेको बताउनुभएको छ । आज बिहान सामाजिक सञ्जालमा लेख्दै उहाँले हामी हरेक दिन देश किन बनेन भन्ने प्रश्नमै सीमित हुने गरेको पनि बताउनुभएको हो । 

अध्यक्ष ओलीले लेख्नुभएको छ,’व्यक्ति–व्यक्तिको आत्मविश्वासबाट राष्ट्रिय आत्मविश्वास सिर्जना हुन्छ । हामीले राष्ट्रिय आत्मविश्वास जगाउनुपर्छ । निराशा, आक्रोश, उत्तेजना बढाउने र दोष अरूमाथि थोपर्ने गरेर हुँदैन । हामीले के सकारात्मक प्रयास गर्छौँ, राष्ट्रिय आत्मविश्वास कसरी जगाउँछौँ, त्यसमा भर पर्छ ।’ 

अध्यक्ष ओलीले देशमा अहिले काम गर्न सक्रिय उमेर समूहको जनसंख्या ६० प्रतिशत भएकाले देश बनाउने समय यही नै रहेको उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभयो,’सक्रिय उमेर समूहलाई देश निर्माणमा लगाउन नसके ज्येष्ठ नागरिक संख्या बढी भएको, काम गर्नेभन्दा आश्रित भएर खानेको, उत्पादन गर्नेभन्दा उत्पादन खपत गर्ने बढी जनसंख्या भएको देश हुन्छ ।’ 

अध्यक्ष ओलीले राष्ट्रको आत्मविश्वास निर्माणमा  सबैले लाग्नु पर्ने आवश्यकता रहेको बताउनुभयो ।