अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

पाकिस्तानमा पूर्व प्रधानमन्त्री खानको पार्टीले गरेको र्‍यालीमा विष्फोट हुँदा चारको मृत्यु 

पाकिस्तानमा पूर्व प्रधानमन्त्री खानको पार्टीले गरेको र्‍यालीमा विष्फोट हुँदा चारको मृत्यु 


काठमाडौँ– जेलमा रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीले बलुचिस्तानमा गरेको एक र्‍यालीमा विष्फोट हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । अरु पाँच जना घाइते भएका छन् ।

पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीको चुनावी र्‍याली हुँदै गर्दा सिबी शहरको जिन्ना रोडमा विस्फोट भएको थियो । सिबीस्थित जिल्ला सदरमुकाम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बाबरले चार जनाको मृत्यु भएको र पाँच जना घाइते भएको पुष्टि गरेका छन् ।

घाइतेहरुलाई सिभिल अस्पतालमा भर्ना गरिएको उनले बताए । घटनास्थलमा प्रहरी पुगेर अपराधीहरुको खोजी सुरु गरेको अधिकारीहरुले जनाएका छन् । पीटीआई पार्टीले एक विज्ञप्ति निकालेर घटनाको निन्दा गर्दै छानबिन गर्न माग गरेको छ ।- एजेन्सी