अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सधैं विवादको भूमरीमा सुर्खेतको एमाले

सधैं विवादको भूमरीमा सुर्खेतको एमाले

फागुन ४,५ र ६ गते तय भएको नवौं जिल्ला अधिवेशन




काठमाडौँ– नेकपा एमालेले गरेका हरेकजसो अधिवेशन,निर्वाचन,अभियान आदिमा केन्द्रको अभियानलाई सहजै नस्विकार्ने एउटा जिल्ला सुर्खेत हो । निर्णय अस्विकार कमिटी भित्र छलफल गर्नु भन्दा पनि तुरुन्त सार्वजनिक वक्तब्यबाजीमा उत्रनु यस जिल्लाका नेताहरुको विशेषता जस्तो देखिएको छ । त्यसको पछिल्लो उदाहरण जिल्ला अध्यक्ष अमृत विसीले एकलौटी ढंगले जिल्ला अधिवेशन स्थगित गर्नु हो । आफैं जिल्लाको नेतृत्व गरेका विसीले पार्टीमा व्यापक गुटबन्दी र असहयोग भयो भन्दै फागुन ५,६ र ७ गतेलाई तय भएको जिल्ला अधिवेशन स्थगित गरेको विज्ञप्ती जारी गरेपछि त्यसको तरंग जिल्लामा मात्र सिमित छैन ।
प्रदेशसभाको गत निर्वाचनमा एमाले केन्द्रले पठाएका उम्मेद्वार डण्डीप्रसाद शर्मालाई जिताउन सकिदैन भनेर विज्ञप्ती जारी गर्ने जिल्ला पनि यही हो । पार्टी केन्द्रीय सचिवालयले कात्तिक २२ गते गरेको निर्णय कार्यान्यन गर्न झण्डै तीन महिनासम्म आनाकानी गर्ने कर्णाली नै पनि । खासगरी सुर्खेतको भूगोलमा एमाले भित्रका नयाँ नयाँ अभ्यासहरु सृजना हुने गरेको नेताहरु बताउछन् । यसै ठाउँमा २०७७ मा एमालेका चारजना साँसदले फ्लोर क्रस गरेर माओवादीका मुख्यमन्त्रीलाई विश्वासको मत दिएका थिए ।

प्रदेशको विवाद जिल्लामा सर्‍यो
एकपक्षीय ढंगले विज्ञप्ती जारी गरेर अध्यक्ष विसीले अधिवेशनको प्रस्तावित स्थगित गर्दै पार्टी केन्द्रले जिल्ला अधिवेशनको समय २०८१ जेठ मसान्तसम्मलाई दिएको तर्क अघि सार्नुभएको छ । यो निर्णय विसी एक्लैले गर्नुभयो वा उपल्लो कमिटीका कुनै नेताले साथ दिए ? धेरैले खोजेको छन् अहिले । अर्कोतिर अध्यक्ष विसीले पार्टी भित्र गुटवन्दी भयो भनेर फेहरिस्त दिइरहँदा कसले गुटबन्दी गर्यो भनेर कतै नाम उल्लेख गर्नुभएको छैन । यो बेलासँगको कुराकानीमा पनि उहााले कुन नेताले असहयोग गरेर अधिवेशन स्थगित गरेको हो भनेर खुलाउनुभएन । विज्ञप्ती मार्फत नै उहाँले अधिवेशन तयारीका लागि गठित सम्पूर्ण समिति र उपसमितिहरु पनि विघटन गरेपछि तयारीका साथ यो काम भएको भनेर धेरैले बुझ्न थालेका छन् । नवौँ अधिवेशनको मिति घोषणा गरिएपनि एमालेभित्र पार्टी साझा तरिकाले नचलेको र गुटबन्दी बढ्दै गएकाले अधिवेशन गर्नुको कुनै औचित्य नरहेको अध्यक्ष विसीले बताउनुभएको छ ।

प्रदेश उपसचिवमा पद्मा खड्कालाई स्थापित गर्ने पार्टी केन्द्रीय सचिवालयको निर्णयपछि जिल्ला भित्रको बिग्रहले थप आकार लिएको विसीको भनाइ छ । त्यो निर्णयपछि त्यसको असर हाम्रो जिल्ला कमिटीमा पर्‍यो । जिल्ला कमिटी साथीहरूले मध्यपहाडी यात्राको तयारीका लागि बैठक राख्दा बहिस्कार समेत गर्नुभयो । साथीहरु आफ्नो गतिविधि गर्न थाल्नुभयो । साथीहरुमा मनमुटाब देखियो । साथीहरु एक ठाउँमा नउभिएको बेलामा अधिवेशन गर्दा त्यसले सार्थकता प्राप्त नगर्ने, पार्टीभित्र झन् अराजकता सिर्जना हुने भएपछि जिल्ला अधिवेशन स्थगित गर्नुपर्‍यो ।’

अध्यक्ष विसीले आठौँ जिल्ला अधिवेशनबाट आजसम्म आइपुग्दा पार्टी जसरी चल्नुपर्ने हो, त्यसरी चल्न नसकेको उल्लेख गर्नुभएको छ ।
अध्यक्ष बिसीद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ– ‘पार्टीको ऐतिहासिक अभिभारा पुरा गर्ने क्रममा म स्वयं पार्टीको अध्यक्षको हैसियतले विभिन्न सकटहरुमा सहनसिलता, धैर्यता र पार्टी भित्रका असहमतिलाई समेत आत्मसाथ गर्दै जिम्मेवार बनी नेकपा एमालेलाई जनताको पार्टी बनाउन हरदम लागिरहेको तथ्य इतिहासले समीक्षा गर्ने छ । हाल पार्टी कमिटी भित्र संस्थागत गुटबन्दी झाङ्गिएको, स्थानीय पार्टी कमिटी संस्थागतरुपमा सञ्चालन नभएको, जनवर्गिय संगठनहरु प्रभावकारी नभएको अवस्था छ । यी विषयवस्तुलाई ठोस ढंगले सम्बोधनका लागि आगामी दिनमा कार्ययोजना बनाई अघि बढ्नुको विकल्प छैन ।’
अध्यक्ष विसीले आठौँ जिल्ला अधिवेशनपछि आन्तरिक प्रतिस्पर्धालाई व्यवस्थित तथा वैज्ञानिक तवरले संचालन गर्न नसकिएको बताउँदै गुटबन्दी गरेर नेतृत्वलाई असफल बनाउने प्रयास भएको आरोप लगाउनुभएको छ । यो क्रम अझ बढी पेचिलो बन्ने बताउँदै उहाँले नवीकरणको समय हुँदाहुँदै दुरदराजका पार्टी सदस्यहरु नवीकरणबाट वञ्चित भएको उल्लेख गर्नुभएको छ ।
‘अध्यक्षलाई अवमूल्यन तथा अपमान गर्दै केही व्यक्तिको इसारामा पार्टीलाई नचाउने प्रयत्नहरू भए, पार्टी जिल्ला कमिटीको बैठक हलमा तालाबन्दी गरी सदस्यहरुलाई बन्धक बनाएर निर्णय गर्न थालियो,’ उहाँले भन्नुभयो, ‘विभिन्न निर्वाचनमा खुलेआम घात–अन्तर्घात गरिए, अधिवेशनबाट बाहिरिएका जिम्मेवार कमरेडहरूलाई आग्रहपूर्ण तरिकाले बाहिर राखियो, केही जिम्मेवारीमा रहेका नेताहरुलले नै चरम अराजकता प्रदर्शन गर्ने क्रम बढ्दै गयो । एमालेको प्रथम कर्णाली अधिवेशनपछि सुर्खेतको पार्टी संगठनमा असहजता, झुलाघाट–चिवाभन्ज्याङ्ग, समृद्धिको सङ्कल्प यात्रा अभियान अन्तरगत सुर्खेतमा हुने आमसभाको तयारी बैठक बहिस्कार गरिनु, हरेक जिल्ला सचिवालय बैठकमा बैठकको मर्यादा उलंघन गर्दै प्रस्तुत हुनु जस्ता समस्याहरुको ठोस निराकरण नगरी गरिएको अधिवेशनले सार्थकता प्राप्त नगर्ने र सुर्खेतको पार्टी निर्माण पनि हुँदैन ।’
कर्णालीबाट प्रतिनिधित्व गर्ने एमालेका एक केन्द्रीय सदस्यका अनुसार एमाले सुर्खेतमा देखिएको समस्याले अन्य जिल्लामा पनि प्रभाव पार्ने बताउछन् । त्यस्तो नहोस आशा गरौं तर अब यो रोग कर्णालीका धेरै जिल्लामा फैलने देखिन्छ ।
यता जिल्ला कमिटीका उपसचिव घनश्याम पाण्डेले अध्यक्ष विसीको नाम नलिइ तीन सवाल उठाउदै सुर्खेतको पार्टीमा सांगठनिक अराजकता पटक पटक प्रकट हुन थालेको उल्लेख गर्नुभएको छ । उहाँले कसैको नाम उल्लेख नगरी पाण्डेले २०७० सालमा विद्रोही उम्मेद्वारलाई सघाएको,पार्टी तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध गालीगलौज गर्दै सडक आन्दोलनमा गएको र आफ्नै अध्यक्षतामा बैठक बसेर नवौं अधिवेशनको मिती तोकिएको तर आफैं विज्ञप्ती निकालेर अधिवेशन स्थगित गर्नुले व्यक्तिगत दुरासय र अवसरवाद फेरी प्रकट भएको आरोप लगाउनुभएको छ ।