अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजनीति सङ्लो नहुँदासम्म देश ठिक ढङ्गले अघि बढ्दैन : विष्णु पौडेल

राजनीति सङ्लो नहुँदासम्म देश ठिक ढङ्गले अघि बढ्दैन : विष्णु पौडेल



काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष एवं सांसद विष्णु पौडेलले देशको राजनीति धमिलिँदै गएको बताउनुभएको छ ।
प्रेस चौतारी नेपालको स्थपना दिवशको अवसरमा रुपन्देही शाखाले शनिबार आयोजना गरेको मैत्रीपूर्ण फुटसल प्रतियोगिता शुभारम्भ गर्दै पौडेलले देशको राजनीति धमिलो भएकै कारण देश ठिक ढङ्गले अघि बढ्न नसकेको बताउनुभयो । ‘देश धेरै अप्ठ्यारो अवस्थामा छ’, पौडेलले भन्नुभयो ।
राजनीति सङ्लो नभएसम्म देश ठिक ढङ्गबाट अघि बढ्न नसक्ने उहाँले प्रष्ट पार्नुभयो । ‘जबसम्म राजनीति सङ्लो हुँदैन, तबसम्म देश ठिक ढङ्गले अघि बढ्न सक्दैन, अहिले देशको राजनीति बिग्रिरहेको छ’ पौडेलले भन्नुभयो ।
सरकारका कामकारबाहीले देश लथालिङ्ग बन्दै गएको पौडेलले बताउनुभयो । देशलाई लयमा फर्काउन निक्कै चुनौती रहेको उहाँको धारणा छ ।