अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि, यस्तो छ सम्भावित कार्यसूची

संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि, यस्तो छ सम्भावित कार्यसूची


काठमाडौँ– संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै छ ।

संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको पहिलो बैठक आज अपराह्न ४ बजेका लागि आह्वान गर्नुभएको हो ।  

यस्तै संसद् सचिवालयले आज बस्ने संघीय संसद् बैठकको सम्भावित कार्यसूची तय गरेको छ ।

संसद्का कार्यवाहक महासचिव पद्यमप्रसाद पाण्डेले हिजो सार्वजनिक गरेको संघीय संसद्को सम्भावित कार्यसूचीमा सभामुखले राष्ट्रपतिको अधिवेशन आह्वानबारे पत्र पढेर सुनाउने, राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने, बैठकको अध्यक्षता गर्ने सांसदहरूको मनोनयन रहेका छन् ।

यस्तै विद्युत् व्यापार विधेयक २०८० र राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक टेबल गर्ने तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश पेस गर्ने कार्यक्रम रहेको छ । त्यस्तै बाधा अड्काउ फुकाऊ आदेश पेस गर्ने सम्भावित कार्यसूची  तय भएको छ ।