अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धन सरकारले नतिजा दिन सकेन: गगन थापा

गठबन्धन सरकारले नतिजा दिन सकेन: गगन थापा


रुपन्देही-नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान गठबन्धन सरकारले अपेक्षाअनुसारको नतिजा दिन नसकेको बताउनु भएको छ।

मेची-महाकाली संवाद यात्राका क्रममा मंगलबार पश्चिम नवलपरासी आएका महामन्त्री थापाले यस्तो बताउनु भएको हो।

निर्वाचन अगाडि गठबन्धन गर्ने परिपाटी नबदल्ने हो भने पार्टीमा चरम निराशा छाउने भएकाले पार्टीको नीतिमार्फत नै यो बदल्नु जरुरी रहेको महामन्त्री थापाले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकार बन्दा जुन रुपमा उत्साह थियो, सोहीअनुरुप उल्लेखित नतिजा आउन सकेको छैन। जनताले त्यसको डेलिभरी पाउन सकेका छैनन् । निर्वाचनअघि गरिएको गठबन्धनबाट आमकार्यकर्तामा व्यापक असन्तुष्टि छाएको छ, निर्वाचन हारेका ठाउँमा मात्र नभै निर्वाचन जितेका ठाउँहरुमा समेत चरम असन्तुष्टि रहेको संवाद यात्राका क्रममा पाएको छु।’

प्रतिनिधिसभा सदस्यसमेत रहेका थापाले संवाद यात्राका क्रममा आमनागरिकले थुप्रै समस्या उठान गरेकोमा मूलतः भौतिक पूर्वाधारसँग सम्बन्धित साझा खालका राष्ट्रिय समस्या बढी उठान भएको बताउनु भयो।

कांग्रेस केन्द्रीय सदस्य पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधन भएपछि संवाद यात्राअन्तर्गतको बाँकी यात्रालाई पछि निरन्तरता दिने गरी मंगलबारका अन्य कार्यक्रम स्थगन गरिएको लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालले बताउनु भयो।