अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आन्तरिक लफडाले स्थगित भएको एमाले धादिङको जिल्ला अधिवेशनको बन्द सत्र फागुन १ गतेबाट

आन्तरिक लफडाले स्थगित भएको एमाले धादिङको जिल्ला अधिवेशनको बन्द सत्र फागुन १ गतेबाट


काठमाडौं-नेकपा (एमाले) धादिङको नवौं जिल्ला अधिवेशनको बन्दसत्र फागुन १ गतेबाट सुरू हुने भएको छ।

अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटाले आइतबारदेखि अवरूद्ध भएको बन्दसत्र फागुन १ गते बिहान ११ बजेबाट सुरू गर्ने जानकारी दिनु भएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘नेकपा (एमाले) धादिङको नवौं जिल्ला अधिवेशनको २०८० माघ २१ गते देखि सुरू भएको बन्द सत्र आन्तरिक तयारी गर्नुपर्ने भएकोले रोकिँदै आएकोमा २०८० माघ २३ गते नेकपा (एमाले) केन्द्रीय संगठन विभागको अधिवेशन स्थगित कारबाही सुरू गर्नेबारे प्राप्त पत्रका आधारमा आगामी फागुन १ गते ११ बजेबाट बन्दसत्र सुरू हुने जानकारी गराउँछु।’