अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

माधव नेपालले अब कुनै हालतमा चुनाव जित्दैनन्: अध्यक्ष ओली

माधव नेपालले अब कुनै हालतमा चुनाव जित्दैनन्: अध्यक्ष ओली


रौतहट-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अब कुनै पनि हालतमा चुनाव नजित्ने दाबी गर्नु भएको छ।

नेकपा एमाले रौतहटको १० औँ जिल्ला अधिवेशनलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो।

अध्यक्ष ओलीले अध्यक्ष नेपाललाई गठबन्धनले लातले हानेपछि मात्रै थाहा पाउने बताउनु भयाे।

ओलीले भन्नुभयो, ‘जब गठबन्धनले लात हान्छ त्यतिवेला थाहा पाउनेछन् । अब अर्कोपल्ट माधव नेपालले चुनाव पनि जित्दैनन्। उताका पैसा ल्याएर, कुनै हिसाबले पनि जित्दैनन्। जित्न पनि दिनुहुँदैन।’

अध्यक्ष ओलीले गएको निर्वाचनमा माधव नेपालको पार्टी राष्ट्रिय पार्टी समेत बन्न नसकेको उदाहरण दिँदै अर्को चुनावमा नेपाल आफैँले चुनाव जित्न नसक्ने दाबी गर्नुभयो ।