अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा.पौडेलद्वारा शपथ

राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा.पौडेलद्वारा शपथ


काठमाडौं-नेपाल राष्ट्र बैंकका नव नियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग शपथ ग्रहण गरेका छन्।

पौडेलले सर्वोच्च अदालत पुगेर राउतसँग शपथ लिनु भएको हो। गभर्नर प्रधानन्यायाधीशसँग शपथ लिने कानुनी व्यवस्था छ।

सरकारले मंगलबार अर्थशास्त्री पौडेललाई राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको हो। पौडेललाई मंगलबारको मन्त्रिपरिषद् बैठकले केन्द्रीय बैंकको १८औं गभर्नर नियुक्त गरेको हो।

समग्र अर्थतन्त्रको इतिहासको ज्ञाताका रूपमा आफ्नो परिचय बनाएका पौडेल अब्बल युवा अर्थशास्त्री हुन् ।