अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

आज यी स्थानमा हुँदैछ वर्षा र हिमपात

आज यी स्थानमा हुँदैछ वर्षा र हिमपात


काठमाडौं -पश्चिमी न्यून चापीय प्रणालीका कारण मंगलबार देशका पहाडी भू—भागमा छिटपुट वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

यस्तै, उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाकाअनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था छ।

मंगलबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहने र देशको पहाडी भू–भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले नियमित बुलेटिनमार्फत् बताएको छ।
यस्तै, राति देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।