अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रेस चौतारीका संस्थापक अध्यक्ष एवं वरिष्ठ साहित्यकार विजय चालिसेको निधन

प्रेस चौतारीका संस्थापक अध्यक्ष एवं वरिष्ठ साहित्यकार विजय चालिसेको निधन


काठमाडौँऔ-प्रेस चौतारी नेपालका संस्थापक अध्यक्ष तथा वरिष्ठ साहित्यकार विजय चालिसेको निधन भएको छ।

जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा गोरखापत्र दैनिकका पूर्वसम्पादक तथा वरिष्ठ साहित्यकार चालिसेको आज बिहान ९ः३० बजे ७४ वर्षको उमेरमा निधन भएको हो।

उहाँको आजै गोकर्णमा अन्त्येष्टि गरिने छ। स्वर्गीय चालिसेले आम सञ्चार तथा पत्रकारिताको अध्यापन पनि गर्दै आउनुभएको थियो। चालिसेको अन्तिम संस्कारको लागि उपस्थिति हुन प्रेस चौतारी नेपालले पत्रकारहरूलाई अनुरोध गरेको छ।

उहाँका आम सञ्चार र  पत्रकारिता सम्बन्धि र साहित्यिक पुस्तकहरू प्रकाशित छन्।