काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई २ सय किलोको मालाले स्वागत गरिएको छ ।
उपाध्यक्ष पौडेललाई जनकपुर विमानस्थलमा पार्टीका कार्यकर्ताहरूले २ सय किलोको मालाले स्वागत गरेका हुन् ।
उपाध्यक्ष पौडेल धनुषामा जारी राष्ट्रिय महिला हक्की प्रतियोगिताको समापनमा सहभागी हुन जानुभएको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओली जाने भनेपछि तयार गरिएको माला उहाँ नगएपछि उपाध्यक्ष पौडेललाई लगाइएको हो ।
प्रतिक्रिया