उदयपुर-उदयपुरको रौतामाई गाउँपालिका वडा-७ मा माओवादी केन्द्रका दर्जनौं नेता-कार्यकर्ता नेकपा एमालेमा प्रवेश गर्नुभएको छ। माओवादीका नेता-कार्यकर्ताहरू एमालेमा प्रवेश गरेसँगै रौतामाई गाउँपालिकामा माओवादी रित्तिएको छ।
पुस ५ गते शुक्रवार नेकपा एमाले रौतामाई गाउँपालिका-७ नम्बर वडा कमिटीको मुकुर्चीमा एक कार्यक्रमबीच नेकपा माओवादी केन्द्रका रामबहादुर आछामी र भैरव परियारसहित दर्जनौं नेता-कार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको हो।
नवप्रवेशी नेता-कार्यकर्ताहरुलाई उदयपुर क्षेत्र २ का प्रतिनिधि सभा सदस्य अम्बरबहादुर रायमाझीले स्वागत गर्नुभयो।
एमाले रौतामाई गाउँपालिका-७ नम्बर वडा कमिटीले आयोजना गरेको नेता तथा कार्यकर्ता भेटघाट साथै पार्टी प्रवेश कार्यक्रमको प्रमुख अतिथि उदयपुर क्षेत्र २ का प्रतिनिधिसभा सदस्य अम्बरबहादुर रायमाझीले हुनुहुन्थ्यो। कार्यक्रममा कोशी प्रदेश कमिटी सदस्य जीवन कार्की, एमाले उदयपुर जिल्ला कमिटीका उपसचिव हेम खड्का, जिल्ला कमिटीका सचिवालय सदस्य गजेन्द्र खड्का, एमाले उदयपुर जिल्ला कमिटी सदस्यहरु भरत खड्का, केशव राई, हरि आले र टामिन्द्र राई, नेताहरु भरत थापा, मनोज राना मगर, होम दाहाल, केशव मगर, हिम मगर, खविन्द्र रास्काेटी साथै एमाले रौतामाई गाउँपालिका अध्यक्ष ललित मगर लगायत सहभागी हुनुहुन्थ्यो ।
नेकपा एमाले कोशी प्रवेश कमिटीका सचिवालय सदस्य समेत रहनुभएका अम्बर रायमाझीले रौतामाई गाउँपालिकामा माओवादी केन्द्र तथा अन्य पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नेको लहर चलेको बताउनुभयो।
पुस ४ गते रौतामाई गाउँपालिका-८ मा पनि माओवादी केन्द्रका स्थानीय चर्चित नेता तथा कार्यकर्ताहरुलाई प्रवेश गराउनुभएको थियो। माओवादी केन्द्रका पुर्णिमाया लायो मगर, कर्णबहादुर मगर र सिङ्हबहादुर मगरसहित अन्य पार्टी परित्याग गरी ठूलो संख्यामा एमालेमा प्रवेश गर्नुभएको थियो।
त्यसैगरी मंसीर ३० गते २०८१ मा एमाले रौतामाई गाउँपालिका वडा–३ मा नेपाली कांग्रेस तथा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुलाई नेकपा एमालेमा प्रवेश गराउनुभएको थियो। नेपाली कांग्रेसका बृषहादुर कार्की, चुनुकला राई, कैलाश राई, मोहन बुढाथाेकी, धनबहादुर बुढाथोकी शान्ता राई र चतुरमान बिक एमालेमा प्रवेश गर्नुभएको थियो।
एमाले सांसद रायमाझीले पार्टीमा प्रवेश गराउनुहुँदै भन्नुभयो, ‘पछिल्लो समय रौतामाई गाउँपालिकामा नेकपा एमालेमा प्रवेश गर्नेको लहर चलेको छ। मुलुकको समृद्धि र राष्ट्रियताको जगेर्ना एमालेले मात्रै गर्न सक्छ भन्दै अन्य पार्टीका नेता-कार्यकर्ताहरु एमालेमा प्रवेश गर्नेको लहर चलेको हो।’
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले समग्र देश विकासकाे काम र जनताका हित हुने काम गरिरहेको एमाले सांसद रायमाझीले बताउनुभयो। एमालेप्रति जनताको विश्वास बढ्दै गएको उहाँले दाबी गर्नुभयो। उहाँले भन्नुभयो, यो आम जनताको विश्वासले हो।’
सांसद रायमाझी एमाले सधैं मुलुकमा स्थिरता, विकास र समृद्धिको पक्षमा रहेको बताउनुभयो। मुलुकलाई एमालेले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को महत्वपूर्ण आकांक्षा पूरा गर्ने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले गरिरहेको उहाँले बताउनुभयो।
नेता रायमाझीले भन्नुभयो, ‘एमाले एक्लै एमाले भएको होइन, सबैलाई समेट्न सक्ने विशाल छाती भएको पार्टी हो। सिद्धान्तमा आत्मसमर्पण गर्दैनौँ । नीति प्रष्ट छ। व्यवहार लचिलो छ। एमालेलाई कसैले चुनौती दिन सक्दैन। जेष्ठ नागरिक, श्रमिक, महिला अधिकार तथा नागरिकहरूको समृद्धिका लागि एमाले मात्रै अभिभावक हो। देश र जनता हाम्रो पहिलो प्राथमिकता हो। सबैलाई समान व्यवहार, सक्रियताका आधारमा जिम्मेवारी र मूल्यांकन गरिनेछ। सामाजिक न्यायको पक्षमा उभिएको पार्टीले कसैलाई अन्याय गर्दैन।’
देश र जनताको हीतमा काम गर्ने पार्टी एमाले मात्र रहेकाले एमाले प्रवेश गरेको नवप्रवेशीहरुले बताउनुभयो। ‘समृद्ध नेपाल सुखी नेपाली’ को अभियान अन्य पार्टीबाट हुन नसक्ने भन्दै आफूहरूले नेकपा एमाले रोजेको नवप्रवेशीहरुले प्रतिक्रिया दिनुभयो।
एमालेका नेताहरुले मात्रै जनअपेक्षित काम गर्ने भएकोले एमालेप्रति विश्वास र भरोसा बढेको उहाँहरुले बताउनुभयो। माओवादीभित्र नातावाद, कृपावाद हाबी भएको नेता तथा कार्यकर्ताहरुको मूल्यांकन नभएको भन्दै पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेकाे उहाँहरुले बताउनुभयो।
माओवादी केन्द्रबाट चुनाव जितेका जनप्रतिनिधिहरुबाटै अन्याय गरेको उहाँहरुले आरोप लगवाउनु भयो। उहाँले भन्नुभयो, छेपाराको तेल टाउकोमा लगाएर जुल्पी बदलिँदैन। छेपारोले रङ्ग बदल्ने हो त्यसले कपालको जुल्पी बदलिँदैन। आँशु रुँदा मात्रै होइन हासिरहँदा पनि आउँछ। लाठीले कुटेर मात्रै होइन चिमोटेर पनि नीलडाम बस्छ।नेकपा एमालेले पार्टी भन्दा माथि राष्ट्र र राष्ट्रियतालाई राखेको छ। नागरिकहरूको जीवन रूपान्तरणका लागि नेकपा एमाले सक्रिय छ। त्यसकारण हामी एमालेमा प्रवेश गरेका हौं।हामीलाई कुनै पद चाहिएको होइन।’
रौतामाई गाउँपालिकाको अध्यक्षमा २०७९ सालको स्थानीय निर्वाचनमा माओवादी केन्द्रका विरेन्द्र मगरले पालिकाकाे विकास र जनताका हित हुने काम गर्ला भनेर जितायौं। विकास र जनताका हित हुने काम कुरै छोडौं चुनाव जितेपछि तल्लो घरका मान्छेलाई समेत देखे पनि नदेखे जस्तो कार्यशैली गरेको उहाँहरुले आरोप लगाउनुभयो। माओवादीका जनप्रतिनिधिहरुले जनताका काम गर्ला भनेर विश्वास गरेका थियौं तर उहाँहरुले पालिका, वडा, टोलमा कुनैपनि आजको मितिसम्म नगरेको उहाँले कडा आलाेचना गर्नुभयो।
एमालेका एक नेताले रौतामाई गाउँपालिकामा माओवादी केन्द्रको भाँडो रित्तिएर बिर्को मात्रै बाँकी रहेको टिप्पणी गर्नुभयो। उहाँले भन्नुभो, ‘माओवादी अब कुनै पार्टी रहेन। केन्द्र मात्रै रह्यो। माओवादी पार्टी होइन, माओवादी केन्द्र। केन्द्र भनेको केन्द्र छ, माथि केही छैन। माओवादीको भाँडो रित्तिसक्यो, बिर्को मात्रै छ।’
रौतामाई गाउँपालिकाको अध्यक्ष साथै माओवादीबाट निर्वाचित भएका वडाअध्यक्ष र सदस्यहरुसँग जनताका गुनासै गुनासा छन्। निर्वाचित भएर आजको दिनसम्म पनि विकास गर्न नसकेको र गाउँटाेल नफर्केको भन्दै यस क्षेत्रका जनता जनप्रतिनिधिसँग रुष्ट छन्।
२०७४ सालको स्थानीय चुनावमा नेकपा एमालेका गजेन्द्र खड्कासँग विरेन्द्र मगरले हार व्यहोरेको थियो। जब चुनावमा हारेपछि जनताका घरदैलोमा पुगेर जनता गुनासा सुन्थे तर चुनाव जितपछि अध्यक्ष मगरलाई नदेखेको स्थानीयहरुले बताउनुभयो। पहिला-पहिला नाता पहिल्यार नाता लगाउनुहुन्थ्यो, बिहे, छेउर र पास्मी आदि कार्यक्रममा सहभागी हुन्थ्यो तर अचेल नाता-गोता पल्यिाउने त कुरै छोडौं देखे पनि नदेखे जस्तो गर्नुहुन्छ।
२०७९ सालको स्थानीय निर्वाचनमा एमालेले वडा नं १, २, ३, ५, ७ गरी ५ वडा, नेपाली कांग्रेसले पालिका उपाध्यक्षसहित वडा नम्वर ४ र ८, माओवादी केन्द्रले पालिका अध्यक्ष सहित वडा नं ६ मा वडाध्यक्ष जितेका थिए।
रौतामाई गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका विरेन्द्र मगर र उपाध्यक्षमा नेपाली कांग्रेसका भुपेन्द्र थापाले चुनाव जित्नुभएको थियो। नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन गरेको थियो। २०७९ सालको स्थानीय निर्वाचनमा रौतामाई गाउँपालिकाको अध्यक्षमा कांग्रेस र माओवादीबीचकाे गठबन्धन बलले विरेन्द्र मगरले चुनाव एक स्थानीय नेताले बताउनु भयो। २०७४ सालको स्थानीय चुनावमा नेकपा एमालेका गजेन्द्र खड्कासँग विरेन्द्र मगरले हार व्यहोरेको थियो।
प्रतिक्रिया