अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेलाई कसैको बैशाखी आवश्यक पर्दैन: शेरधन राई

एमालेलाई कसैको बैशाखी आवश्यक पर्दैन: शेरधन राई


उदयपुर-नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले मिसन-८४ मा एमालेले कसैको वैशाखी र गठबन्धनमा निर्भर नरहने बताउनु भएको छ।

नेकपा एमाले उदयपुरको नवौँ जिल्ला अधिवेशनलाई आज सम्बोधन गर्दै नेता राईले आगामी तीन वर्ष नेकपा एमालेको मिसन ८४ को वर्ष भएकाले यसबीचमा जनताको कामलाई तीव्रता दिने बताउनु भयो।

पूर्वमुख्यमन्त्री राईले जनता बिनाको नेता र पार्टी नहुने भएकाले जनताका आवश्यकतालाई मिहीन ढंगले अध्ययन गर्दै विश्वास जित्ने बताउनु भयो । उहाँले मुलुकको समृद्धि र अर्थतन्त्र एमालेबाहेक दलबाट सफलता नहुने भएकाले ८४ मा एमाले एकल बहुमतको सरकार बनाउने अभियानमा अहिलेदेखि नै लागि परेको बताउनुभयो।

नेता राईले एमाले नेतृत्वको सरकारले मुलुकको विकासमा उल्लेखिय प्रगति हासिल गरेको बताउनुभयो।