अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सप्तकोशी नदीमा खसेको बसबाट सबै यात्रुको उद्धार

सप्तकोशी नदीमा खसेको बसबाट सबै यात्रुको उद्धार


काठमाडौं-सप्तकोशी नदीमा खसेको बसका सबै यात्रुको सकुशल उद्धार गरिएको छ। बिहीबार साँझ पूर्व-पश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेजको पुलको सप्तरी तर्फको क्षेत्रबाट को १ ख ४६०१ नम्बरको बस खसेको थियो।

बसमा रहेका सबै २६ जना यात्रुको उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ। बस विराटनगरबाट उदयपुरको गाईघाट जाँदै गरेको थियो। बस आफैं अनियन्त्रित भएर पुलको बार भत्काउँदै नदीमा खसेको प्रहरीले जनाएको छ।  ब्यारेजको ३५ नम्बरको ढोकादेखि दक्षिणतर्फ रहेको वाल भत्काएर नदीमा खसेको प्रहरीले जनाएको छ।

अहिले प्रहरीले उद्धार कार्य गरिरहेको छ। केही यात्रु घाइते भएको र उनीहरूलाई उपचारका लागि पठाइएको पनि प्रहरीले जानकारी दिएको छ ।