अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी सरकारको नेतृत्व एमालेले गर्छ: हिक्मत कार्की

कोशी सरकारको नेतृत्व एमालेले गर्छ: हिक्मत कार्की


उदयपुर-नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशको नेतृत्व एमालेले गर्ने बताउनु भएको छ।

नेकपा एमाले उदयपुरको नवौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेता कार्कीले यस्तो बताउनु भएको हो।

उहाँले सर्वोच्च अदालतले विकल्प रहुन्जेलसम्म सरकार गठन गर्न सकिने व्याख्या गरेकाले विगठनको हल्लाको पछि नलाग्न आग्रह गर्नुभयो।

उहाँले भन्नुभयो, ‘न्यायालयले प्रष्ट व्याख्या गरिसकेको विषयलाई अपव्याख्या गरेर संसद विगठन हुन्छ भन्ने कुरामा कुनै सत्यता छैन।’

उहाँले केदार कार्की नेतृत्वको सरकार उपधारा ५ बमोजिम बनेपनि बहुमतको सरकार बनाउन संविधानले मार्ग प्रशस्त गरेको बताउनु भयो। उहाँले राष्ट्रिय राजनीतिमा आएको फेरबदल सँगै सातै प्रदेशमा सरकार परिवर्तन हुने र कोशी प्रदेश एमालेकै नेतृत्वमा हुने सत्ता साझेदार दलबीच सहमति नजिक पुगेको बताउनु भयो।

‘कोशी प्रदेशको शक्ति सन्तुलनको हिसाबले पनि एमालेले पाउने हो,’ एमाले संसदीय दलका नेतासमेत रहेका कार्कीले भन्नुभयो, ‘ढुक्क हुनुस् अबको केही दिनमा कोशी प्रदेशको नेतृत्व एमालेले गर्छ।’

नेता कार्कीले एमाले कोशी प्रदेश विगठन र मध्यावधिको पक्षमा नरहेको स्पष्ट पार्नुभयो उहाँले भन्नभयो, ‘व्यक्ति विगठन होला, सपना विगठन होलान् तर संसद विगठन हुने अवस्था छैन, केवल सत्ताबाट बाहिरिनु परेपछि कांग्रेसको आक्रोश मात्र हो।’