अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले झापाको एघारौं अधिवेशन: अध्यक्षमा दुई जना आकांक्षी

एमाले झापाको एघारौं अधिवेशन: अध्यक्षमा दुई जना आकांक्षी


झापा-नेकपा एमाले झापाको ११औं जिल्ला अधिवेशन यही चैत १५ र १६ गते बिर्तामोडमा हुने भएको छ। एमाले जिल्ला कमिटीको आज बसेको नवौं पूर्ण बैठकले अधिवेशनको मिति टुङ्गो लगाएको हो।

धिवेशनको उद्घाटन एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने कार्यक्रम रहेको छ। यस्तै, अधिवेशनको बन्द सत्रमा कार्यवाहक अध्यक्ष प्रेमबहादुर गिरीले राजनीतिक प्रतिवेदन, सचिव शिव ढुङ्गेलले सांगठानिक प्रतिवेदन प्रस्तुत गरिने समय तालिका रहेको छ।

बैठकले अधिवेशनको तयारी सुरु गर्ने निर्णय गर्दै आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ। जिल्ला अधिवेशनमार्फत एमाले झापाको नयाँ नेतृत्व चयन हुन लागेको हो।

पालिकाबाट ४३० जना, जनसङ्गठनहरूबाट ८९ जना, मजदुरबाट ३० जना, सल्लाहकारहरू २५ जना, सम्पर्क मञ्चबाट ५ जना र आयोजक १६९ जना एवम् मनोनीत प्रतिनिधिहरू ३८ जना गरी ७८६ जनाले अधिवेशनमा सहभागी हुने जिल्ला कमिटीले जनाएको छ।

एमाले झापाको अध्यक्षमा प्रेम गिरी र शिव ढुङगेल आकांक्षी रहेका छन्। हालका कार्यवाहक अध्यक्ष गिरी र सचिव ढुङगेलले अध्यक्ष बन्ने आकांक्षा व्यक्त गरिरहेका छन्।

गिरी र ढुङगेल दुवै जना अध्यक्षको उम्मेदवार बन्ने लगभग निश्चित भएपछि प्रतिनिधिहरु कसको समर्थनमा लाग्ने भन्ने अन्यौलमा छन् ।

यस्तै उपाध्यक्षमा बद्री भट्टराई, लक्ष्मण पाठक, सचिवमा असारु राजवंशी, टिकाराम मंग्राती, बोधप्रसाद घिमिरे, उपसचिवमा छविलाल विश्वकर्मा, छविलाल चुडाल, पवित्रा पाठक, लिला दाहालको चर्चा छ।

झापाको नेतृत्व चयनका लागि पहिलो प्राथमिकतामा सहमति गर्ने नभए चुनावी प्रक्रियाबाट नेतृत्व चयन गर्ने तयारी रहेको एमाले झापाले जनाएको छ।