अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गालीको कुटिर उद्योग काँग्रेसले नै चलाइरहेको छ: अध्यक्ष ओली

गालीको कुटिर उद्योग काँग्रेसले नै चलाइरहेको छ: अध्यक्ष ओली


काठमाडौँ-नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले नै गालीको कुटीर उद्योग चलाइरहेको आरोप लगाउनु भएको छ।

मंगलवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो।

उहाँले भन्नुभयो, ‘अस्ति एउटा थोत्रा पार्टीको एक युवाले मलाई गाली गरेको सुनेँ । गालीको कुटीर उद्योग बन्द हुन्थ्यो, कुटीर उद्योग नै होइन नि यो । किन चलाउनुपर्छ उद्योग । चलाउनै पर्दैन नि । गालीको कुटीर उद्योग त उनीहरुले चलाइरहेका छन्। हाम्रा विरुद्ध झुट बोलेर, बेइमानी गरेर । त्यो सारा सुनका के जाति लगाइदिने, फोटो बनाउने, सुनैसुनका । संसारमा कसैले त्यस्तो गहना लाएको देखेको छैन।’

अध्यक्ष ओलीले कांग्रेस विचार नभएको पार्टी हो भन्दा कसरी गाली भयो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले कांग्रेस नयाँ विचार बोकेको र ल्याइरहेको पार्टी हो भनेर आफूले झुटो बोल्न नसक्ने स्पष्ट पार्नुभयो । उहाँले २०८१ साललाई शुद्धीकरण र सुदृढीकरणको वर्ष बनाउने बताउनु भयोि