अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओली आज झापा जाँदै, भोलि जिल्ला अधिवेशनको उद्घाटन गर्ने 

अध्यक्ष ओली आज झापा जाँदै, भोलि जिल्ला अधिवेशनको उद्घाटन गर्ने 


काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा जाँदै हुनुहुन्छ । एमाले झापा जिल्लाको अधिवेशन उद्घाटनका लागि अध्यक्ष ओली आज झापा जान लाग्नुभएको हो । 

एमाले झापाको जिल्ला अधिवेशन भोलिदेखि सुरु हुँदैछ । अधिवेशनको तयारी पुरा भएको र भोलि अध्यक्ष ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको एमाले नेता शिव ढुंगेलले जानकारी दिनुभयो । 

अधिवेशनका लागि प्रतिनिधि छनौट लगायतका सबै काम सकिएको उहाँले बताउनुभयो । अधिवेशनबाट सर्वसहमत नेतृत्व चयन गर्ने तयारी रहेको बताइएको छ । सर्वसहमत हुन नसके निर्वाचनबाट नयाँ नेतृत्व चयन गरिने एमाले झापाले जनाएको छ । 

आज अध्यक्ष ओलीसँग छलफल भएपछि सर्वसहमत कि निर्वाचनबाट नेतृत्व छनौट गर्ने भन्ने टुंगो लाग्ने नेता ढुंगेलले बताउनुभयो ।