अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले उदयपुरको सचिवमा तीन जनाको उम्मेदवारी

एमाले उदयपुरको सचिवमा तीन जनाको उम्मेदवारी


उदयपुर-नेकपा एमाले उदयपुर जिल्ला कमिटीको सचिवमा तीन जनाले उम्मेदवारी दर्ता गराएका छन्। एमाले उदपुरको नवौं अधिवेशनबाट सचिव बन्नका लागि तीन जना नेताले उम्मेदवारी दर्ता गराएका हुन्।

सचिवका लागि महेश रोका, टेकबहादुर राउत र शम्भु पौडेलको उम्मेदवारी दिनु भएको हो। यस्तै महिला उपसचिवमा गंगा राई, गीता खड्का र महेश्वरी राईले उम्मेदवारी दिनुभएको छ।

यस्तै खुल्ला उपसचिवका लागि ६ जनाले मनोनयन दर्ता गराएका छन् । हेमबहादुर खड्का, जीवनाथ दाहाल, मन्दिप राई, धर्मबहादुर तामाङ, दुर्गानन्द चौधरी र नारद निरौलाले उपसचिवमा उम्मेदवारी दिनु भएको हो।

अध्यक्षमा पाँच जनाले उम्मेदवारी दिएका छन्। एमाले उदपुरको नवौं अधिवेशनबाट अध्यक्ष बन्नका लागि पाँच नेताले उम्मेदवारी दर्ता गराएका हुन्।

अध्यक्षका लागि परमेश्वर घिमिरे, विमल कार्की, भागवत राउत, गोपाल खत्री र खड्गबहादुर परियारले उम्मेदवारी दिनुभएको छ।

यस्तै उपाध्यक्षमा तीन जनाले उम्मेदवारी दिएका छन्। वर्तमान सचिव कालुमान लामासहित दिलबहादुर तामाङ र भरतबहादुर थापाले उपाध्यक्षमा उम्मेदवारी दिनु भएको छ।

अहिलेसम्म आकांक्षीहरु कोही पनि पछि हट्ने अवस्थामा नभएपछि सहमतिका लागि प्रयास भइरहेको कोशी प्रदेश कमिटीका सदस्य देवराज राईले जानकारी दिनुभयो।

नेकपा एमाले उदयपुरको नवौँ अधिवेशनको उद्घाटन एमाले उपाध्यक्ष ईश्वर पोख्रेलले गर्नुभएको थियो।