अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मधेसको समृद्धिका लागि एमाले नेतृत्वको सरकार चाहिन्छ: शंकर पोखरेल

मधेसको समृद्धिका लागि एमाले नेतृत्वको सरकार चाहिन्छ: शंकर पोखरेल


बारा-नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेश प्रेदश सरकारकाे नेतृत्व अब नेकपा एमालेले गर्ने बताउनु भएको छ।

बुधबार नेकपा एमाले बाराको प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले मधेसमा अन्य दलले नेतृत्व लिएर काम गरिसकेको बताउँदै अब मधेसको नेतृत्व एमालेले लिन चाहेको बताउनु भयो।

मधेस प्रदेश सरकारको नेतृत्व लिएर एमालले कसरी विकास गर्छ भन्ने कुरा देखाउन चाहेको पोखरेलले धारणा राख्नुभयो। 

मधेसको विकास र समृद्धिका लागि योजनाबद्ध पहलकदमी अघि बढाउने पार्टी नेकपा एमाले भएको उहाँले बताउनु भयो। 

तराईको मुख्य सडकको रूपमा रहेको हुलाकी सडक नेकपा एमालेकै पालामा बनेको स्पष्ट पार्नुभयो।

नेपाली जनता र मधेसका जनताको हितको लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतका प्रधानमन्त्रीसँग आँखा जुधाएर कुरा गरेको पाेखरेलले बताउनुभयो।

‘तराई मधेसको विकासका लागि नेतृत्व गर्ने पार्टी हो नेकपा एमाले, त्यो पार्टीलाई क्षेत्रीय पार्टीहरू मधेस विरोधी भन्ने गर्दछन्’, उहाँले भन्नुभयो।

मधेसको निराशा तोड्ने र आशा जगाउने काम गर्ने पार्टी नेकपा एमाले भएको उहाँले दाबी गर्नुभयो । मधेसमा देखिएका नयाँ नयाँ काम नेकपा एमालेले नै गरेको पोखरेलले बताउनुभयो।