अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

त्रिशुलीमा ट्याक्सी खस्दा पाँच जनाको मृत्यु

त्रिशुलीमा ट्याक्सी खस्दा पाँच जनाको मृत्यु


काठमाडौँ-त्रिशुली नदीमा ट्याक्सी खस्दा पाँच जनाको मृत्यु भएको छ ।

काठमाडाैंबाट गाेरखा जाँदै आज बिहान इच्छाकामना गाउँपालिका-५ मा पर्ने पृथ्वी राजमार्गको मिलधारा नजिकबाट बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशुली नदीमा खस्दा ट्याक्सीमा सवार पाँचै जनाको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ।

दुर्घटनामा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा १ बालिका, २ महिला र २ पुरुष छन्। उनीहरूको परिचय खुल्न बाँकी छ। ट्याक्सीमा ६ जना सवार रहेको हुन सक्ने जानकारी आए पनि यकिन हुन नसकेको प्रहरीकाे भनाइ छ । 

अहिले घटनास्थलमा उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी खटिरहेका छन् । गाडी सडकबाट २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।