अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पशुपतिमा बुवाको दाहसंस्कार गरी घर फर्कदै थिए त्रिशुलीमा खसेका रोकाय परिवार

पशुपतिमा बुवाको दाहसंस्कार गरी घर फर्कदै थिए त्रिशुलीमा खसेका रोकाय परिवार


चितवन-काठमाडौँबाट गोरखातर्फ जाँदै गरेको ट्याक्सी त्रिशूलीमा नदीमा खसेर मृत्यु भएका पाँच जना मलामी गएर फर्कदै गरेको तथ्य खुलेको छ। दुर्घटनामा परी मृत्यु भएका पाँचै जना आफ्ना परिवारका अभिभावकको दाहसंस्कार गरी गोरखा फर्कदै गरेको पाइएको हो ।

आज बिहान इच्छाकामना गाउँपालिका–५ मा पर्ने पृथ्वी राजमार्गको मिलधारा नजिकबाट बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशुली नदीमा खस्दा ट्याक्सीमा सवार पाँचै जनाको मृत्यु भएको थियो । मृतकमध्ये ४ जना एकै परिवारका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी श्रीराम भण्डारीका अनुसार मृत्यु हुनेमा गोरखा नगरपालिका ७ का ४१ वर्षका हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षकी अञ्जना रोकाय र ९ वर्षका बालक आगमन नगरकोटी रहेका छन् । १८ वर्षका दिवस रोकाए भने त्रिशुली नदीमा हराइरहेका छन् ।

यस्तै ट्याक्सी चालक गोरखा ७ कै ३५ वर्षका अर्जुन शिर्मल रहेको चितवन प्रहरीले जानकारी दिएको छ। उनीहरु एकै परिवारका भएको खुलेको छ । उनीहरु काठमाडौंबाट बुबाको दाहसंस्कार गरेर गोरखा फर्कदै गरेको प्रहरीले जनाएको छ ।

उनीहरु सवै जना पशुपतिमा हिजो बुवाको दाहसंस्कार गरी आज बिहानै गोरखाका लागि हिँडेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार दुर्घटनाग्रस्त ट्याक्सीमा मृतकका श्रीमती, छोरा बहिनी, दिदी, भान्जा र ज्वाई सवार थिए। काज क्रिया गर्न घर फर्कदै गर्दा उनीहरुको पनि ज्यान गएको हो।