पोखरा-पोखरा महानगरपालिका-२७ अर्चलेमा आज बिहान डरलाग्दो गरी बस दुर्घटना भएको छ। बस दुर्घटनापछि बीच सडकमै ठाडो परेको थियो।
रिजर्भ गरेका यात्रुलाई पुर्याएर लेखनाथतिर फर्किँदै गरेको ग१ख ८६८० नम्बरको बस शनिबार बिहान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
दुर्घटनामा चालक टीकाराम विक र सहचालक शालिकराम सुवेदी घाइते भएका छन्। उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।






प्रतिक्रिया