अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

राष्ट्रियसभाको उपाध्यक्षमा विमला घिमिरे विजयी

राष्ट्रियसभाको उपाध्यक्षमा विमला घिमिरे विजयी


काठमाडौं-राष्ट्रियसभाको उपाध्यक्षमा एमालेकी विमला घिमिरे निर्वाचित हुनुभएको छ।

बुधबार राष्ट्रियसभा बैठकमा उपाध्यक्षको निर्वाचनमा भएको मत विभाजनमा घिमिरे नेपाली कांग्रेसका उम्मेदवार विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै निर्वाचित हुनुभएको हो। मतदानमा ५५ सदस्य सहभागी भएका थिए । घिमिरेले ३९ मत ल्याउँदा पुडासैनीले १६ मत मात्रै ल्याउनुभयो।

घिमिरेलाई नेकपा एमाले, माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीका सांसदले मत दिएका छन् ।

राष्ट्रियसभाको अर्को बैठक शुक्रवार बस्नेछ ।