अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

इलामको चुनावी सभालाई सम्बोधन गर्न जाने क्रममा अध्यक्ष ओली भद्रपुर विमानस्थलमा

इलामको चुनावी सभालाई सम्बोधन गर्न जाने क्रममा अध्यक्ष ओली भद्रपुर विमानस्थलमा


झापा-इलामको चुनावी सभालाई सम्बोधन गर्न जाने क्रममा नेकपा एमालेका अध्यक्ष ओली केपी शर्मा ओली भद्रपुर विमानस्थलमा झापामा पुग्नु भएको छ।

अध्यक्ष ओली आज चुनावी आमसभालाई सम्बोधन गर्न इलामको चुलाचुली जानु भएको हो। जहाजबाट भद्रपुर अवतरण गरेर चुलाचुलीतर्फ जानुहुनेछ।

वैशाख १५ गते हुने उपनिर्वाचनमा एमाले माओवादी गठबन्धनले आज दक्षिण इलामको चुलाचुलीमा आमसभाको आयोजना गरेको छ। चुनाव प्रचारका लागि आज अन्तिम दिन भएकोले आजको आमसभाको विशेष अर्थ रहने इलामेलीहरु बताउछन्। अध्यक्ष ओलीले वैशाख ६ गते इलामको मंगलबारेमा आयोजना गरिएको चुनवाीसभालाई सम्बोधन गर्नुभएको थियो।

गत भदौको २६ गते यस क्षेत्रबाट निर्वाचित साँसद तथा एमालेका उपाध्यक्ष सवासचन्द्र नेम्वाङको निधन भएपछि रिक्त रहेको यस क्षेत्रमा अहिले एमालेका तर्फबाट सुहाङ नेम्वाङ प्रतिष्पर्धामा हुनुहुन्छ।