अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले नवलपरासीको जिल्ला अधिवेशन उद्घाटन गर्न अध्यक्ष ओली परासी जानुहुँदै

एमाले नवलपरासीको जिल्ला अधिवेशन उद्घाटन गर्न अध्यक्ष ओली परासी जानुहुँदै


काठमाडौं -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज नवलपरासी जाँदै हुनुहुन्छ ।
पार्टीको नवौं जिल्ला अधिवेशन उद्घाटन गर्न अध्यक्ष ओली त्यसतर्फ जान लाग्नु भएको हो । भैरवहाबाट हुलाकी सडक हुँदै परासी जाने कार्यक्रम छ । पार्टी केन्द्रीय सदस्य सरिता भुसाल खनालका अनुसार रेवन पार्टी प्यालेस स्वाँठीमा कार्यक्रम आयोजना गरिएको छ । संविधान जारी भएपछि नवलपरासी जिल्लालाई दुईभागमा बाँडिएको थियो । बर्दघाट सुस्ता पश्चिमको भूगोल समेटेर बनेको परासीमा आज अधिवेशन सुरु हुन लागेको हो ।
खनालका अनुसार अधिवेशनका लागि ४२६ जना प्रतिनिधी चयन भएका छ । उनीहरुले १०५ सदस्यीय जिल्ला कमिटी गठन गर्नेछ ।


अधिवेशनलाई सकेसम्म सर्वसम्मत बनाउने कोशिस नेतृत्तवले गरिरहेको छ । तर अध्यक्षका आकांक्षी धेरै भएका कारण मिलाउन समस्या भएको छ । अध्यक्षका लागि वर्तमान अध्यक्ष दिपेन्द्र अधिकारी,उपाध्यक्ष डोलारज भण्डारी,सचिव धिरज बस्याल,राष्ट्रियसभाका पूर्व सदस्य रामलखन हरिजन,नेता श्याम बस्यालले दाबी गरेका छन् ।