काठमाडौं-बाल गायक मृदुल राठीको आवाजमा ‘मेरो मन्दिर’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। उक्त भिडियो सुरशाला युट्युब च्यानलमार्फत मंगलबार सार्वजनिक भएको हो। गायनमा एकदमै रुचि राख्ने राठीले आफ्ना हजुरबुबा, हजुरआमा, बुबा आमाको प्रेम, त्यागप्रति समर्पित यो गीतलाई समर्पित गरेका छन्।
म्युजिक भिडियोमा बालगायक राठीकै बुबा आमाको मुख्य अभिनय रहेको छ। यस भिडियोलाई युवराज वाइबाले निर्देशन गरेका छन् भने निसल पौडेलले छायांकन गरेका छन्।
बालगायक राठीले उक्त गीत हजुरबुबा शखरलाल राठीप्रति समर्पित गरेका छन्। भिडियो र गीतका शब्दहरूले अभिभावकहरूले आफ्ना सन्तानप्रति गर्ने स्नेह, त्यागलाई देखाउँदै सन्तानले अभिभावकको प्रेमप्रति देखाएको सम्मानलाई समेत झल्काएको छ।




प्रतिक्रिया