अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले नवलपरासीको अधिवेशन उद्घाटन गर्न अध्यक्ष ओली भैरहवामा

एमाले नवलपरासीको अधिवेशन उद्घाटन गर्न अध्यक्ष ओली भैरहवामा


काठमाडौं-नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भैरवा पुग्नुभएको छ।

नेकपा एमाले नवलपरासीको नवौं जिल्ला अधिवेशन उद्घाटन गर्न जाने क्रममा अध्यक्ष ओली गौतम बुद्ध विमानस्थल भैरवा पुग्नुभएको हाे।

अध्यक्ष ओली भैरवहाबाट हुलाकी सडक हुँदै परासी जाने कार्यक्रम छ।

नेकवा एमालेका केन्द्रीय सदस्य सरिता भुसाल खनालका अनुसार रेवन पार्टी प्यालेस स्वाँठीमा कार्यक्रम आयोजना गरिएको छ। संविधान जारी भएपछि नवलपरासी जिल्लालाई दुईभागमा बाँडिएको थियो। बर्दघाट सुस्ता पश्चिमको भूगोल समेटेर बनेको परासीमा आज अधिवेशन सुरु हुन लागेको हो।

खनालका अनुसार अधिवेशनका लागि ४२६ जना प्रतिनिधि चयन भएका छ। उनीहरुले १०५ सदस्यीय जिल्ला कमिटी गठन गर्नेछ।