अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एमाले ‘मिसन-८४’ मा छ: अध्यक्ष ओली

नेकपा एमाले ‘मिसन-८४’ मा छ: अध्यक्ष ओली


नवलपरासी-नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमाले ‘मिसन-२०८४’ लाई प्रमुख लक्ष्य बनाएर अघि बढेको बताउनु भएको छ। ‘मिसन ८४’ अर्थात् २०८४ मा हुने निर्वाचनमा देशको सबैभन्दा ठूलो दल बन्ने लक्ष्यका साथ एमाले अघि बढेको अध्यक्ष ओलीले बताउनुभयो।

अध्यक्ष केपी शर्मा ओलीले एमालेले मिसन २०८४ त्यतिकै नभनेको स्पष्ट पार्नुभएको छ।

नेकपा एमाले नवलपरासीको नवौँ जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले मिसन-२०८४ महान् उद्देश्य राखेर घोषणा गरिएको अभियान भएको बताउनुभयो। ‘हाम्रो देशको सार्वभौमसत्ताको रक्षा गर्नुपर्ने छ, स्वाधीनता, स्वतन्त्रताको रक्षा गर्नुपर्ने छ, हाम्रो भूमिको रक्षा गर्नुपर्ने छ’, उहाँले भन्नुभयो।

अध्यक्ष ओलीले नवलपरासीका नेता तथा कार्यकर्तालाई दुईवटा सुझाव पनि दिनुभयो। उहाँले सुझाव दिनुहुँदै नवौं जिल्ला अधिवेशनलाई भव्य र सभ्यताकाे साथ सफल बनाउनका निम्ति शुभकामना समेत दिनुभयो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘विगतका दिनका कामको समीक्षा गरेर आगामी दिनमा के कस्ता योजना बनाएर अगाडि बढ्ने भन्ने कुरामा ध्यान दिन जरुरी छ।’

पार्टीले लिएको गन्तव्यमा कसरी पुग्ने भन्ने कुरामा ध्यान केन्द्रित गर्न अध्यक्ष ओलीले नेता कार्यकर्तालाई आग्रह गर्नुभयो। उहाँले पार्टीले लिएका सही नीति र कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरेर मात्र सही गन्तव्यमा पुगिने बताउनुभयो ।