अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतले सीमा मिचेको कुरा एमाले बाहेक अरूले उठाउन सक्दैन: अध्यक्ष ओली

भारतले सीमा मिचेको कुरा एमाले बाहेक अरूले उठाउन सक्दैन: अध्यक्ष ओली


काठमाडौं- नेकपा एमालेका अध्यक्षका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ५६ वर्षदेखि सुस्ता लगायतको नेपाली भूमि फिर्ता हुनुपर्छ भन्ने आवाज लगातार उठाइरहेको बताउनु भएको छ।

नेकपा एमाले नवलपरासीको नवौँ जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो।

अध्यक्ष ओलीले भन्नुभो, ‘सुस्ता पनि घुमेको छु। २०२५ सालदेखि सुस्ता नेपाली भूमि हो, भारतीयलाई सुस्ता छाड भनेर भन्दै आएको छु। त्यतिखेर देशका लागि कुरा उठाउँदा समेत आफूहरूमाथि मुद्दा चलाइयो।’

नेकपा एमाले सधैँ राष्ट्र, राष्ट्रियता, सार्वभौमिकता र सार्वभौमसत्ता रक्षाको पक्षमा लड्ने पार्टी भएको उहाँले बताउनुभयो । ‘देशको सिमानालाई लिएर आवाज उठाउने जिम्मा हाम्रो काँधमा परेको जस्तो छ’, उहाँले भन्नुभयो।

लिम्पियाधुरा, लिपुलेक नेपालको नक्सामा समेटेर त्यो भूमि हाम्रो हो, हामीले फिर्ता पाउनुपर्छ, कब्जा गरिएको भूमि छाड्नु पर्छ भन्ने जिम्मा पनि एमालेकै काँधमा आएको र त्यो गरेको उहाँले स्मरण गराउनुभयो। ‘अरू कसैले उठाउँदैनन्, सत्तामा जान पाइँदैन कि भनेर, बस्न पाइँदैन कि भने’, उहाँले भन्नुभयो ।

जनता र देशका निम्ति काम नगर्ने हो भने राजनीति के का लागि गर्ने ? भन्दै उहाँले प्रश्न गर्नुभयो ।