अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धनमा समस्या छैन: देव गुरुङ

गठबन्धनमा समस्या छैन: देव गुरुङ


काठमाडौँ-नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले सत्ता समीकरण फेरिएको दुई महिनामै सरकार संकटमा पर्न लागेको विषय अस्वीकार गर्नुभएको छ। एजेन्डाको आधारमा सत्ता घटक दलहरबीच सहकार्य भएकाले बाहिर बजारमा हल्ला भएअनुसार गठबन्धनमा समस्या नभएको उहाँले स्पष्ट पार्नुभयो।

‘एजेन्डाको आधारमा दलहरूबिच सहकार्य भएको हो। यस विषयमा अहिलेसम्म टिकाटिप्पणी केही भएको छैन। अहिलेको कोलिसन (गठबन्धन)को बारेमा बाहिर बजारमा हल्ला भएअनुसार समस्या देखिँदैन’, उहाँले भन्नुभयो, ‘मल्टिपार्टी डेमोक्रेसीमा विभिन्न विचार बोकेका पार्टीहरूको बिचमा अलिअलि असन्तुष्टि भइरहन्छ। एउटै पार्टीभित्र भइरहन्छ भने विभिन्न पार्टीबीच टकराब आउनु स्वाभाविक हो । कोलिसनको मूल्यमान्यताकै विषयमा कुनै समस्या छैन।’

सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम जारी गर्नेबेला राष्ट्रिय स्वाधीनता, राष्ट्रिय सुरक्षा, सुशासन सामाजिक न्यायसहित समृद्धिका विषय सत्ता घटक सबै  दलको सहमतिबाट पारित गरेकाले झिनामसिना कुराहरूले कुनै असर नगर्ने उहाँले बताउनुभयो।