अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पहिले सुस्ताको विरोध गर्दा मलाई जेल कोच्नेहरूले राष्ट्रियताको कुरा गर्दैछन्: अध्यक्ष ओली

पहिले सुस्ताको विरोध गर्दा मलाई जेल कोच्नेहरूले राष्ट्रियताको कुरा गर्दैछन्: अध्यक्ष ओली


रुपन्देही-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र निर्माणका लागि हस्तक्षेपमुक्त राष्ट्रिय निर्णायक शक्ति आवश्यक रहेको बताउनु भएको छ।

आज नेकपा एमाले पश्चिम नवलपरासीको ९औँ अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशलाई निर्णायक तहबाट विकास गर्नुपर्ने उल्लेख गर्नुहुँदै बाह्य शक्तिबाट सहयोग लिए पनि हस्तक्षेप हुन दिन नहुने बताउनुभयो।

अध्यक्ष ओलीले विदेशी हस्तक्षेप हुन नदिने कुरामा सबै एकजुट हुनुपर्ने बताउनुभयो।

अध्यक्ष ओलीले आज बिहान सुस्ता क्षेत्रको समेत निरीक्षण गरेको बताउँदै सीमा रक्षाको आवाज उठाउँदा आफू तत्कालीन शासकबाट जेल परेको समेत स्मरण गराउनुभयो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘तत्कालीन शासकले सीमा रक्षा, स्वाधीनताको रक्षा गर्नुपर्छ भनेर आवाज उठाउँदा अनाहकमा मलाई जेल हाल्यो। तर हामीले अहिलेसम्म पनि यो आवाज उठाउँदै आइरहेका छौँ।’

अध्यक्ष ओलीले पार्टीमा गरेको योगदान र कार्यक्षमताका आधारमा सर्वसम्मत नेतृत्व चयनका लागि सुझाउँदै तल्लो तहका आम कार्यकर्ताकै कारण पार्टी जोगिएको बताउनुभयो।