अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले मकवानपुरको जिल्ला अधिवेशन जेठ १८ र १९ गते

एमाले मकवानपुरको जिल्ला अधिवेशन जेठ १८ र १९ गते


हेटौँडा – नेकपा एमाले मकवानपुरको जिल्ला अधिवेशन जेठ १८ र १९ गते हेटौंडामा हुने भएको छ । एमाले मकवानपुरको शुक्रवार बसेको सचिवालय बैठकले जेठको १८ र १९ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको एमाले मकवानपुरका सचिव नवीन सिग्देलले बताउनुभयो ।
अधिवेशनमा जिल्लाको १० वटा स्थानीय तहबाट करिब ७ सय जना प्रतिनिधि सहभागी हुने र त्यसको लागि जेठ ७ गते जिल्लाको सबै तहबाट एकै पटक प्रतिनिधि छनोट हुने सचिव सिग्देलको भनाइ छ ।

अधिवेशनको लागि जिल्ला अध्यक्ष एकालाल श्रेष्ठको संयोजनमा राजनैतिक तथा संगाठनिक प्रतिवेदन लेखन समिति, उपाध्यक्ष लालबहादुर थापाको नेतृत्वमा मञ्च व्यवस्थापन समिति, सचिव नवीन सिग्देलको नेतृत्वमा प्रतिनिधि व्यवस्थापन समिति, उपसचिव हिदम लामाको नेतृत्वमा आर्थिक, उपसचिव सीता विष्टको नेतृत्वमा अतिथि सत्कार समिति निर्माण गरिएको एमाले मकवानपुरका प्रचार विभाग प्रमुख ध्रुव चौलागाईंले जानकारी दिनुभयो ।