अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रतिनिधिसभाको बैठक चार बजेलाई सर्‍यो

प्रतिनिधिसभाको बैठक चार बजेलाई सर्‍यो


काठमाडौँ-प्रतिनिधिसभाको बैठक अपराह्न चार बजेलाई सरेको छ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले बिहान ११ बजेलाई बोलाएको बैठक चार बजेलाई सारिएको सभामुख देवराज घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिनुभयो।

यसअघि सभामुख घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबिच टेलिफोन संवाद भएको थियो । उक्त संवादमा प्रधानमन्त्रीले कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले केही समय बैठक पर सार्न आग्रह गरेका थिए ।