अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दिलको उपचार गर्ने डाक्टर स्मृति शाक्यको दिल छुने ‘म्युजिक भिडियो’ बजारमा

दिलको उपचार गर्ने डाक्टर स्मृति शाक्यको दिल छुने ‘म्युजिक भिडियो’ बजारमा


काठमाडौं-स्मृति शाक्य पेसाले चिकित्सक हुन्। मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपप्राध्यापकका रुपमा कार्यरत हुनुहुन्छ।

मुटुरोग विशेषज्ञ डा. स्मृतिले अहिलेसम्म हजारौँ दिल अर्थात हृदय रोगीहरुको सफल उपचार गरिसक्नु भएको छ।  चिकित्सक पेशामा अब्बल डाक्टर स्मृतिले पछिल्लो सयम डाक्टर मात्रै होइन गायिकाको पनि परिचय थप्नु भएको छ। उहाँ अहिले चिकित्सक स्मृति मात्रै होइन गायिका स्मृति पनि बन्नुभएको छ।  

हजारौँ हृदय रोगीहरुको दिल छोएर सफल उपचार गर्नुभएकी सुमधुर आवाजकी शाक्यले पछिल्लो समय ‘मैले मायाँ लाएको धोका दिन होइन, मैले प्रीति गाँसेको दुःख दिन होइन’ बोलको मर्मस्पर्शी गीतको म्युजिक भिडियो बजारमा ल्याउनु भएको छ।

युटयुबमार्फत सार्वजनिक गरिएको उक्त गीतमा एकल सङ्गीका चार वटा एल्वम वजारमा ल्याइसक्नु भएका पूर्वप्रदेशमन्त्री डाक्टर अजयक्रान्ति शाक्यको शव्द रहेको छ। चिकित्सक शाक्यले गाउनु भएको गीतमा संगीत पनि पूर्वमन्त्री शाक्यकै रहेको छ।  म्युजिक भिडियोको छायाङ्कन देवकुमार श्रेष्ठको निर्देशनमा भएको हो। म्युजिक भिडियोका सबै दृष्य काठमाडौं र ललितपुरमा छायाङ्कन गरिएको छ।

म्युजिक भिडियोमा नायक प्रकाश श्रेष्ठ र नायिका करुणा श्रेष्ठको मोडलिङ रहेको छ । म्युजिक भिडियोमा चिकित्सक शाक्य स्वयंको पनि अभिनय देख्न सकिन्छ।

पछिल्लो समय चिकित्सकीय पेशासँगै गायनको क्षेत्रमा पनि रुचि राख्दै आउनु भएकी शाक्यले यस अघि अरुणा लामा र रुद्रमणिको गायन तथा अम्बर गुरुङको संगीत रहेको गीत ‘ए-कान्छा मलाई सुनको तारा खसाइ देऊन’ बोलको गीत संगीतज्ञ हरिशरण सायमीसँग ‘कभर सङ’ गाइसक्नु भएको छ।

पूर्वमन्त्री शाक्यकै शव्द तथा संगीत रहेको ‘केही मिठा कुरा गरौन, दुई कदम संगै हिंडौन, जिन्दगीको के भरोसा, माया माया तिमी नै माया’ बोलको गीतमा चिकित्सक शाक्यकै स्वर रहेको छ । यो गीत पनि छायाङ्कनको क्रममा रहेको छ।