अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधि सभामा बजेटमाथि सांसदले उठाएका प्रश्न र अर्थमन्त्रीको जवाफ (पूर्णपाठ)

प्रतिनिधि सभामा बजेटमाथि सांसदले उठाएका प्रश्न र अर्थमन्त्रीको जवाफ (पूर्णपाठ)


काठमाडौँ-अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुभएको छ। बजेटमाथिको छलफल सकिएसँगै अर्थमन्त्री पुनले बुधबार छलफलका क्रममा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिनुभएको हो।

बैठकमा सांसदहरूले गरेको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले बजेट तर्जुमा गर्दा नेपालको संविधान, सोह्रौँ योजनाको साेच, गणतन्त्रको डेढ दशकको उपलब्धिको समीक्षा र विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा माननीय सदस्यहरूबाट व्यक्त भएको रचनात्मक सुझाव, नेपाल सरकारको नीति तथा कार्यक्रम एवम् नेपाल सरकारले अन्तर्राष्ट्रिय जगतमा व्यक्त गरेको प्रतिबद्धतालाई प्रमुख आधारको रूपमा ग्रहण गरी बजेट तर्जुमा गरिएको बताउनु भयो।

मुलुकको चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनको आकार, सार्वजनिक वित्तको अवस्था र विगतका बजेटका आकारको तुलनामा बजेटको आकार महत्त्वाकाङ्क्षी नरही सन्तुलित रहेको अर्थमन्त्रीले बताउनु भयो।  उहाँले भन्नुभयो, ‘बजेटको कार्यदिशा अर्थतन्त्रलाई थप चलायमान बनाउन निजी क्षेत्र समेतको मनोबल बढाउने रहेकोले बजेट वितरणमुखी नभई उत्पादनमुखी रहेको विश्वास दिलाउन चाहन्छु ।’