अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध

जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध


जनकपुर- जनता समाजवादी पार्टी जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित हुनु भएको छ ।
महाधिवेशनअन्तर्गत आज भएको उम्मेदवारी दर्तामा अध्यक्ष पदमा यादवको मात्र उम्मेदवारी परेको थियो ।

जसपा नेता मनिष सुमनका अनुसार,अध्यक्ष पदमा उपेन्द्र यादवको एकल उम्मेदवारी परेको छ । निर्विरोध भइसकेपनि औपचारिक घोषणा हुन बाँकी छ ।

यादवको नेतृत्वमा १८ वर्षअगाडि मधेशी जनअधिकार फोरम नेपाल गठन भएको थियो । पटक पटक पार्टीको नाम परिवर्तन भएपनि अध्यक्षमा यादव नै रहे । अहिले महाधिवेशनबाट पनि उनी नै निर्वाचित भए ।

अध्यक्षबाहेकका पदमा प्रतिस्पर्धा हुने देखिएको छ । अहिले अन्य उम्मेदवारको नामावली सार्वजनिक भइसकेको छैन