अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रधानमन्त्री ओलीले न्युयोर्कमा नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम स्थगित

प्रधानमन्त्री ओलीले न्युयोर्कमा नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम स्थगित


काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले न्युयोर्कमा नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम स्थगित गरिएको छ।

न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले सूचना जारी गर्दै सुरक्षा संवेदनशीलताका कारण प्रधानमन्त्री ओलीले नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम स्थगित गरिएको जानकारी दिएको हो। 

प्रधानमन्त्री केपी शर्मा ओली तथा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा संयक्त राष्ट्र संघको महासभा, समिट अफ फ्युचर तथा अन्य साइडलाइन मिटिङहरुमा व्यस्त रहनु परेको पनि बताइएको छ।

‘सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यू तथा माननीय परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाज्यूको संयक्त राष्ट्र संघको महासभा, भविष्यको शिखर सम्मेलन तथा अन्य साइडलाइन मिटिङ्गहरुमा व्यस्त रहनु परेको र समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे संबन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी आज आयोजना हुने बृहत् कार्यक्रम स्थगन गरिएको व्यहोरा सबैमा सूचित गरिन्छ। यसबाट पर्न गएको असुविधाप्रति आयोजकको तर्फबाट यस महावाणिज्यदूतावास दुःख प्रकट गर्दछ,’ नेपाली महावाणिज्यदूतावास न्यूयोर्कले जारी गरेको सूचनामा भनिएको छ। 

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा हुनुहुन्छ।