अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले काभ्रेको अध्यक्षमा भुर्तेल निर्वाचित

एमाले काभ्रेको अध्यक्षमा भुर्तेल निर्वाचित


काभ्रेपलाञ्चोक-नेपाल कम्युनिष्ट पार्टी ९एमाले० काभ्रेपलाञ्चोक जिल्ला कमिटी अध्यक्षमा तीन सय ८० मत प्राप्त गरी राजन भुर्तेल निर्वाचित हुनुभएको छ ।

अध्यक्षका प्रतिस्पर्धी चन्द्रबहादुर लामालाई ८१ मतले पछि पार्दै भुर्तेल विजयी हुनुभएको हो । जिल्ला कमिटी उपाध्यक्षमा देवसागर लामा, सचिवमा राजकुमार सापकोटा, उपसचिवमा रत्नकुश रञ्जीतकार र सूर्यमाया दनुवार निर्वाचित हुनुभएको छ । मतदानमा छ सय ७९ जना सहभागी भएका थिए । धुलिखेलमा आयोजित अधिवेशनको पार्टी अध्यक्ष केपी ओलीले उद्घाटन गुर्नभएको थियो ।

जिल्ला कमिटीमा पाँच पदाधिकारी, भौगोलिक क्षेत्रबाट ८०, समावेशीतर्फ १३ र खुलामा सात सदस्य गरी एक सय पाँच जना निर्वाचित भएका छन् ।