अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदमा सुनिता बरालको प्रश्न : अस्पतालको सेवा लिन कति पटक लाइन बस्नु पर्छ ?

संसदमा सुनिता बरालको प्रश्न : अस्पतालको सेवा लिन कति पटक लाइन बस्नु पर्छ ?



काठमाडौं -नेकपा एमालेकी साँसद सुनिता बरालले अस्पतालमा सेवा लिनका लागि सर्वसाधरणले कति पटक लाइन बस्नु पर्छ भनेर प्रश्न गर्नुभएको छ । आज शुन्य समयमा बोल्दै साँसद बरालले विहान ९ बजे खुल्ने अस्पतालमा विबहान ५ बजे देखि नै लाइन बस्नु पर्ने बाध्यता कहिले अनत्य हुन्छ भनेर सोध्नु भएको छ ।
उहाँले मानिसका लागि एक मिनेटको महत्व कति हुन्छ भनेर संसदको शुन्य समयलाई हेर्नु पर्ने बताउनुभयो । अस्पतालमा टिकट लिन लाइन,ल्याब टेस्टमा लाइन रिर्पोट लिन लाइन एउटै मान्छे एउटा सेवा लिन कति पटकसम्म लाइन बस्नु पर्ने हो ? साँसद बरालको प्रशन छ ।
साँसद बरालले आजको शुन्य समयमा संसदमा राखेको धारणा यस्तो छ
एक मिनेट पनि कति धेरै महत्वपूर्ण हुन्छ यति सुन्य समय सेसन स्मरण गरे पुग्छ तर आज सर्वसाधारण नागरिक हाम्रा सरकारी अस्पतालहरुमा घण्टौ लाइन लाग्ने अवस्था छ । ९ बजे ओपीडी खुल्ने अस्पताल हरुमा बिहान ५ बजेदेखि लाइन हुने अवस्था छ । एउटा काउण्टरको साटो ३(४ काउण्टर राखेर टिकट काट्नैका लागि घण्टौ लाइन लाग्नुपर्ने अवस्था अन्त्य गर्नु पर्यो । अर्को महत्वपूर्ण बिषय परीक्षण गर्दा टिकट लिएको बिरामी ल्याब दर्ता गर्न फेरि लाइन बस्नुपर्ने रिपोर्ट लिन फेरि लाइन बस्नुपर्ने र रिपोर्ट देखाउदा फेरि लाइन बस्नुपर्ने झन्झटपूर्ण अवस्था छ । अझ स्वास्थ्य बिमामा सूचीकृत भएका नागरिकहरुको बिमादाबीका लागि प्रस्थान बिन्दूको अस्पताल र परीक्षण गराइएको अस्पतालको बिषयमा बिलिङ काउण्टरमा लफडा भैरहेको देखिन्छ । बिमामा सूचीकृतहरुलाइ दोश्रो दर्जाको नागरिक जस्तो ब्यबहार गरेको गुनासो आइरहेको छ यो कैले बन्द हुन्छ । डाक्टरलाई जचाउँदा नै विरामीले अनलाइनबाट सेवा लिन सक्ने अवस्था भए राम्रो हुनेथियो्र अनलाइनबाट नै रिपोर्ट तथा औषधि र सल्लाह दिने व्यवस्था गर्ने गरी अनलाइन प्रणाली विकास गर्नेतिर समेत सम्बन्धित निकायको ध्यानाकर्षण होस् । स्वास्थ्यजस्तो संवेदनशील विषयमा नागरिकमा राज्यविरुद्धको आक्रोस निर्माण हुने यस्ता अवस्था भईरहेका अस्पतालहरुको विषयमा सरकारको गम्भिर ध्यानाकर्षण होस् ।