अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मिसन-८४ मा एमाले कसैसँग मोर्चाबन्दी नगरी एक्लै चुनाव लड्छः अध्यक्ष ओली

मिसन-८४ मा एमाले कसैसँग मोर्चाबन्दी नगरी एक्लै चुनाव लड्छः अध्यक्ष ओली


भक्तपुर-नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन एमालेले एक्लै लडेर बहुमत ल्याउने दाबी गर्नुभएको छ।

आज भक्तपुरमा आयोजित एमालेको नवौँ जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीको शपथग्रहण कार्यक्रममा उहाँले आगामी निर्वाचनमा एमालेले कोहीसँग पनि मोर्चाबन्दी नगर्ने स्पष्ट पार्नुभयो। 

एमालेसँग वैचारिक सङ्घर्ष गर्न नसक्नेहरुले एमालेमाथि प्रहार गरिरहेको बताउँदै पूर्वप्रधानमन्त्री रहनुभएका एमाले अध्यक्ष ओलीले चुुनावमा एक्लै जान आँट नहुनेहरुले मोर्चाबन्दी गर्ने गरेको आरोप लगाउनुभयो। उहाँले आगामी निर्वाचनमा एमालेले कोहीसँग मोर्चाबन्दी नगरी एक्लै चुनावमा गएर बहुमत ल्याउने दाबी गर्नुभयो। 

एमाले देशको निर्णायक शक्ति बन्न खोजेकाले त्यसो हुन नदिन चाहनेले एमालेविरुद्ध मित्थ्या आरोप लगाउने गरेको दाबी गर्नुभयो। अध्यक्ष ओलीले एमाले एक्लैले बहुमत ल्याउनेगरी मिसन–८४ को अभियानमा होमिएको भन्दै आफ्नो शक्तिमा बहुमत बनाउने, एकल बहुमत ल्याएर अरूलाई पनि औलामा डो¥याएर हिँड्ने र हातेमालो गरेर देशको विकासमा लम्किने बताउनुभयो। 

अध्यक्ष ओलीले अध्यक्ष ओलीले फाटो ल्याउने, विभाजन र गुटबन्दी गर्नेलाई पार्टीभित्र ठाउँ नभएको बताउनुभयो। उहाँले पार्टीभित्र आन्तरिक सङ्घर्ष गरेर नभई एकताबद्ध भएर मिसन–८४ सफल पार्न निर्वाचितहरुलाई निर्देशन दिनुभयो।