अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अनेम संघ कनकाईको अध्यक्षमा अनिता राई सर्वसम्मत निर्वाचित

अनेम संघ कनकाईको अध्यक्षमा अनिता राई सर्वसम्मत निर्वाचित



सुुरुङ्गा- अखिल नेपाल महिला संघ, कनकाई नगर कमिटीको तेस्रो नगर सम्मेलन अनिता राई अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत चयन गर्दै आज सम्पन्न भएको छ ।
अखिल नेपाल महिला संघ, कनकाई नगर कमिटीका अध्यक्ष मिरा भट्टराईको अध्यक्षता तथा अनेम संघका केन्द्रीय सदस्य तथा संविधान सभाका सदस्य अम्बिका खवास राजवंशीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन अनेम संघ, कनकाई नगर कमिटीका सचिव मञ्जु सापकोटाले गर्नुभएको थियो । कार्यक्रममा उपस्थित सम्पूर्णलाई अनेमसंघ कनकाई नगर कमिटीका उपाध्यक्ष अनिता राईले शाब्दिक स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि खवासले अवको निर्वाचनमा महिलाहरुको संख्यात्मक र गुणात्मक दुुबै पक्षको सहभागिता बढाउनुुपर्ने कुुरामा जोड दिनुुभएको थियो । उहाँले महिला अधिकार प्राप्तिका लागि महिलाहरुले गरेको आन्दोलन र प्राप्त गरेको उपलब्धिको रक्षाको खातिर सदैव चनाखो हुनुुपर्ने बताउनुु भयो ।

नवनिर्वाचित कमिटीको उपाध्यक्षमा कमला अधिकारी खतिवडा, सचिवमा निर्मला खड्का, उपसचिवमा रिना फुयाल र कोषाध्यक्षमा रेनुका खवास निर्वाचित हुनुुभएको छ । पदाधिकारी ५ जना, भूूगोलबाट ३ जनाका दरले ९ बटा बडाबाट २७ जना आदिवासीबाट २ जना र दलितबाट १ जना गरी जम्मा ३५ सदस्यीय कमिटी सर्वसम्मत निर्वाचित भएको निर्वाचन मण्डलका अध्यक्ष तथा नेकपा एमाले कनकाई नगर कमिटी उपसचिव राधिका ओली कडरियाले बताउनुभयो ।

कार्यक्रमका अध्यक्ष मिरा भट्टराईले राजनैतिक तथा सांगठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै क्त प्रतिवेदनमा जस्तोसुकै परिस्थितिमा विचलित नभई अघि बढिरहेको संगठन अनेमसंघको बि स २००८ साल फागुन २५ गते कामक्ष देबी बस्नेतको अध्यक्षतामा औपचारिक स्थापना भएको बताईन् । उनले संघको दीगो सञ्चालनको लागि यसबर्षबाट अक्षयकोषको स्थापना गरेको र उक्त कोषमा १ लाख ३२ हजार रकम रहेको प्रतिवेदन मार्फत जानकारी गराईन् ।
कार्यक्रममा नेकपा एमाले कोशी प्रदेश कमिटी सचिवालय सदस्य तथा क्षेत्र नं। ४ का इञ्चार्ज चन्द्रकुमार शेर्मा, अनेमसंघ झापाका अध्यक्ष पवित्रा पाठक, जिल्ला कमिटी सदस्य खेम मिश्र, कनकाई नगर कमिटी अध्यक्ष गोकर्ण ओझा लगायतले शुुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सल्लाहकार सदस्य सूूर्य उप्रेती, नेकपा एमाले कोशी प्रदेश कमिटी सचिवालय सदस्य तथा क्षेत्र नं। ४ का इञ्चार्ज चन्द्रकुमार शेर्मा, कोशी प्रदेश कमिटीका सचिवालय सदस्य तथा कोशी प्रदेशका पूूर्व सांसद हिराकुुमार थापा, कोशी प्रदेश कमिटीका पूर्व सदस्य प्रेमप्रसाद दहाल, सदस्य भीमा शिवाकोटी, अनेमसंघ झापाका अध्यक्ष पवित्रा पाठक, कोशी प्रदेशका पूूर्व सल्लाहकार समिति सदस्य टिका प्र। लामिछाने, नेकपा एमाले जिल्ला कमिटी सदस्यहरु खेम मिश्र, रविन्द्र लम्साल, विनोद राना, सिता अधिकारी, प्रेस चौतारी नेपालका केन्द्रीय निर्वाचन आयोग सदस्य साबित्रा दहाल, अनेमसंघ झापाका कोषाध्यक्ष कोपिला पाठक, पूूर्व जिल्ला कमिटी सदस्य ओम पाठक, नेकपा एमाले कनकाई नगरकमिटी अध्यक्ष गोकर्ण ओझा लगायत विभिन्न कमिटी तथा जिम्मेवारीमा रहनुु भएका पदाधिकारी तथा सदस्यहरु, अनेमसंघको विभिन्न जिम्मेवारीमा रहनुु भएका पदाधिकारी तथा सदस्यको उपस्थिति रहेको थियो ।