अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले गुल्मी अध्यक्षमा बालसिंह काउछा निर्वाचित

एमाले गुल्मी अध्यक्षमा बालसिंह काउछा निर्वाचित


गुल्मी-नेपाल कम्युनिष्ट पार्टी एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित हुनुभएको छ अध्यक्षका प्रतिस्पर्धी हीरा एसीलाई पराजित गर्दै काउछा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो। उहाँले तीन सय ८४ र उहाँका प्रतिद्वन्द्वी एसीले २०२ मत प्राप्त गर्नुभएको हो।

यसैगरी जिल्ला उपाध्यक्षमा जीवन पोखरेल, सचिवमा धर्म विश्वकर्मा र सहसचिवमा चक्रबन्धु भुसाल निर्वाचित हुनुभएको छ।

गत मङ्गलबारदेखि सुरु भएको १२औँ जिल्ला अधिवेशनमा बिहीबार मतदान भएको थियो। अधिवेशनमा छ सय १३ सहभागी भएकामा पाँच ९५ जना मतदानमा भाग लिएका थिए।

अधिवेशनले पाँचजना पदाधिकारीसहित आगामी तीन वर्षका लागि एक सय पाँच सदस्यीय जिल्ला कमिटी चयन गरेको छ। अधिवेशनको पार्टीका केन्द्रीय उपमहासचिव प्रदीप ज्ञवालीले उद्घाटन गर्नुभएको थियो।