अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अनेरास्ववियु कैलालीको अधिवेशन असार ७ र ८ गते सुखडमा हुने

अनेरास्ववियु कैलालीको अधिवेशन असार ७ र ८ गते सुखडमा हुने


कैलाली-नेकपा एमाले सम्बद्ध विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कैलालीले १७औं जिल्ला अधिवेशनको तयारी तीव्र पारिएको छ।

जेठ २८ गते बसेको जिल्ला कमिटीको बैठकले असार ७ र ८ गते कैलालीको सुखडमा अधिवेशन गर्ने निर्णय गरेसँगै अधिवेशनको तयारी थालिएको हो ।

‘शिक्षा क्षेत्रमा भइरहेको व्यापारीकरण र दलालीकरण विरुद्धको आन्दोलनमा हाम्रो जोड संविधानले ग्यारेन्टी गरेको निःशुल्क र अनिवार्य शिक्षा कार्यान्वयनमा हाम्रो अठोट,’ भन्ने नाराका साथ शुक्रबार अनेरास्ववियु कैलालीले अधिवेशनको लोगो सार्वजनिक गरेको छ।

असार ७ र ८ गते हुने अधिवेशनलाई सम्बोधन गर्न अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडाल लगायतका नेताहरू आउने कैलाली संयोजक कपिल सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार करीब ३ सय प्रतिनिधिहरू र थप २ सय नेता कार्यकर्ता गरी अधिवेशनमा ५ सयको सहभागिता रहने छ। कैलालीमा ८ वर्षपछि अनेरास्ववियु जिल्लाको अधिवेशन हुन लागेको हो।